बुटवल, २१ असार- पहिलोपटक बन्दै गरेको स्थानीय सरकारको उपप्रमुखमा २३ बर्से किशोरी निर्वाचित भएकी छन् ।
कपिलवस्तुको शिवराज नगरपालिकाको उपप्रमुखका शिवकुमारी थारू निर्वाचित भएको खबर अन्नपूर्णमा छ |

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएकी थारू सबैभन्दा कान्छी उममेयर हो। मंगलबार सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वीलाई २ हजार ९ सय ३३ मतले पछि पार्दै विजयी उनले ५ हजार ९ सय ३२ मत पाइन्। मेयरमा नेत्रराज अधिकारी ६ हजार १ सय ५५ मत ल्याएर विजयीभए ।