
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।
उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क गरेका हुन् । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल नभएको उनले बताए ।
‘स्थानीय आवश्यकताहरूलाई ध्यानमा राखेर कतिपय ठाउँमा समझदारीहरू हुन सक्दछ, कतिपय ठाउँहरूमा दलहरूले आफ्नो ढंगले गर्ने अवस्था पनि छ,’ उनले भने, ‘तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भइसकेको अवस्था छैन ।’