०२ साउन २०८३, शनिबार

नर्भिकले बाँझोपन र स्त्री रोगको निःशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट

फागुन १८, २०७८
नर्भिकले बाँझोपन र स्त्री रोगको निःशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले नारी दिवसको अवसरमा फागुन २१ गते शनिवार बृहत निःशुल्क स्वास्थ्य शिबिर गर्ने भएको छ । 

वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिवार बिहान १० देखि ४ बजेसम्म बिरामीहरुको बाँझोपन तथा स्त्री रोगसम्बन्धमा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श एवम् उपचार गर्ने अस्पतालले जनाएको छ ।

नेपाली समाजमा बाँझोपनको समस्या विकराल बन्दै गइरहेका बेला गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले एकदिने निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । 

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण र परामर्शका साथै टीभीएसमा २० प्रतिशत छुट तथा ल्याब परीक्षणमा १० प्रतिशत छुटको अफर समेत ल्याइएको सीईओ मिश्रले बताए । 

शिविरमा सहभागी भएका बिरामीको परीक्षणमा शल्यक्रिया गर्नुपर्ने भए स्त्री रोगसम्बन्धी ल्याप्रोस्कोपिक सर्जरीमा बिरामीलाई अप्रेशन शुल्कको २० प्रतिशतसम्म छुट दिइने अस्पतालले जनाएको छ । 

नर्भिक अस्पतालको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष पर्व, उत्सव तथा दिनहरुमा स्वास्थ्य जाच लगायतका सेवाहरुमा छुटको अफर यसअघिदेखि नै सार्वजनिक गर्दै आएको छ । 

यस्तै नर्भिकले विगत लामो समयदेखि प्रत्येक शनिवार कुनै विशेषज्ञ चिकिसत्क नेतृत्वको टिमलाई परिचालन गरी निःशुल्क ओपीडी अभियानसमेत सञ्चालन गर्दै आएको छ । निःशुल्क ओपीडी पछिल्लो समय सर्वसाधारणमा निकै लोकप्रिय भएको नर्भिकको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्