
नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा ७५ प्रतिशतले घटाएको छ ।
प्रतिदिन प्रति कारोबार प्रति व्यक्ति १ लाख रुपैयाँसम्म पठाउन पाइने आन्तरिक रेमिट्यान्सको सीमालाई ७५ हजार रुपैयाँले घटाएर जम्मा २५ हजार रुपैयाँमा सीमित गरिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार स्वदेशमा रकम स्थानान्तरण (आन्तरिक रेमिट्यान्स) गर्ने सम्बन्धी सूचना जारी गर्दै सम्बन्धित बैंक तथा वित्तीय संस्था, एजेन्ट, सवएजेन्ट र प्रतिनिधिका लागि आवश्यक निर्देशन समेत दिएको छ ।
विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको रेमिट्यान्स रकम नगदै गर्न सकिने सीमा भने पूर्ववत् रुपमा यथावत नै रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ।