३१ जेठ २०८३, आइतबार

तीन नेपाली अन्तरिक्षयात्राका बारेमा बुझ्न रुस जाने

कात्तिक २०, २०७४
तीन नेपाली अन्तरिक्षयात्राका बारेमा बुझ्न रुस जाने

इटहरी, २१ असार — अन्तरिक्षको खोजीमा चासो राख्ने नेपालीहरूलाई लक्षित गरेर रुसको अन्तरिक्ष अनुसन्धान संस्थाले एक प्रतियोगिताको आयोजना गरेको छ ।


श्रावण १६ गते बाट प्रारम्भिक आवेदन खुलाइएको उक्त प्रतियोगितामा १६ वर्षदेखि ६५ वर्षसम्मका नेपालीहरूले आवेदन दिन पाउनेछन् ।

टेराज्त्रा स्पेस एक्पप्लोरेसनको आयोजनामा भएको उक्त प्रतियोगितामा हाल नेपालीलक्षित अनलाइन आवेदन फारम समेत खुलिसकेको छ ।

विनाशुल्क आवेदन दिन पाइने उक्त प्रतियोगिता नेपालको अन्तरिक्ष अनुसन्धान गर्ने संस्था नेपाल एस्ट्रोनोमिकल सोसाइटीको पहलमा हुन लागेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन् ।

मंगलवार एक प्रेस विज्ञप्तिमार्फत दिइएको जानकारी अनुसार नेपालका उत्कृष्ट तीन सहभागीले रुसमा गएर अन्तरिक्षयात्री तालिममा सहभागी हुन पाउनेछन् ।

२०१८ को फिफा वर्ल्डकपको आसपास हुने उक्त रुसयात्रामा नेपालका सहभागीहरूले विभिन्न अन्तरिक्षयात्रीहरूसँग सिधा साक्षात्कार गर्न सक्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटीसँग सम्बद्ध विराटनगरका गोपाल निरौला बताउँछन् ।

‘देशले विज्ञान र प्रविधिको क्षेत्रमा खासै प्रगति गर्न नसकेको अवस्थामा निजी क्षेत्रबाट यस्तो अवसर आउनु निक्कै राम्रो कुरा हो’, निरौला भन्छन्, ‘पूर्वीय ज्योतिष परम्परामा पनि पढाइ हुँदै आएको खगोलशास्त्रका नयाँ र पछिल्ला ज्ञान प्राप्त गर्न यो सिकाइले नेपाललाइ नै फाइदा गराँउछ ।’

प्रोजेक्ट टेरानट नाम दिइएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन नेपालीसहित १४ जनाले रुसको अन्तरिक्ष अनुसन्धान केन्द्रको अध्ययन भ्रमण गर्नेछन् । यस्तै सबैभन्दा उत्कृष्ट एक सहभागीले अन्तरिक्षकै भ्रमण पनि गर्न पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन मोबाइल एपमार्फत हुने प्रतिस्पर्धामा भाग लिनुपर्ने आयोजकको नियम छ ।

प्रतियोगितामा भाग लिन र फारम भर्न टेराज्त्रा डट् स्पेसमा गएर त्यहाँ उल्लेखित प्रक्रियाहरू पूरा गर्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्