२५ असार २०८३, बिहीबार

युक्रेन आक्रमणपछि रुसका बिरालामाथि पनि प्रतिबन्ध

फागुन १९, २०७८
युक्रेन आक्रमणपछि रुसका बिरालामाथि पनि प्रतिबन्ध

रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वका विभिन्न मुलुकले उसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । 

बैंकिङ, खेल, धनाढ्य लगायतमा रुसले प्रतिबन्ध झेलिरहेको छ । 

हुँदहुँदा बिरालो पाल्नेहरूको अन्तर्राष्ट्रिय संस्था फेडरेसन इन्टरनेसनाल फिलाइनले रुसी प्रजातिका बिरालाहरूको आयातमा प्रतिबन्ध लगाएको छ । 

संस्थाले एक बयान जारी गर्दै युक्रेनमा निर्दोष मानिसहरू मारिएको, घाइते भएको र घर छोडेर भाग्न बाध्य भएको स्थिति छ भन्यो । यस अत्याचारलाई टुलुटुलु हेरेर बस्न नसकिने उसले बतायो । मार्च १ देखि रुसी प्रजातिका कुनै पनि बिरालोलाई आयात नगरिने उसले स्पष्ट पारेको छ । 

संस्थाले आयोजना गरेको शोमा पनि रुसनिवासी बिरालोलाई प्रवेश दिइएको छैन । 

यस्तो प्रतिबन्ध मे ३१ सम्म रहने र आवश्यकता देखेमा यसको थप समीक्षा गरिने बयानमा उल्लेख गरिएको छ ।

युक्रेनमा बिरालो पाल्नेहरूलाई आफ्नो बजेटको एक भाग उपलब्ध गराउने पनि संस्थाले जानकारी दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्