०४ असार २०८३, बिहीबार

म्याडमलाई मन्त्री बनाउने भन्दै ...

कात्तिक २०, २०७४
म्याडमलाई मन्त्री बनाउने भन्दै ...

सरकार त फेरिनै नहुने, फलानो र चिलानो मन्त्री हुने भन्दै पैसा उठाउने गिरोह सल्बलाउने । ‘मन्त्री बन्नलाई माथि बुझाउनुपर्ने भयो’ भन्दै पैसा माग्ने र उक्त रकम मन्त्री भइसकेपछि अनुदान वा कुनै शीर्षकबाट मिलाएर दोव्वबर फिर्ता गर्नेसम्मको शर्त राखिने ।

अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा यस्तै धन्दाका एकजना कमरेड जाकिएका छन् , जसलाई छुटाउन उपल्लोतहको शक्तिकेन्द्र नै सक्रिय छ ।

जनकपुरकी माओवादी सांसद प्रतीक्षा तिवारी मुखिया कृषि मन्त्री बन्ने भन्दै ताप्लेजुङका दीपेन्द्र कुमार शेर्पासँग पैसा उठाएका राजकुमार तामाङ हुन्, प्रहरी हिरासतमा जाकिने ।


माओवादी लडाकुका ब्रिगेड कामाण्डर र आजकल बाइसिइलमा काम गर्ने काभ्रेका उनले एयरपोर्टमा ताप्लेजुङ पाथिभरा नामक गेष्टहाउस खोलेका दीपेन्द्रसँग कृषि मन्त्रालयबाट ५० लाख अनुदान मिलाइदिने भन्दै २० लाख रुपैया ठगेका हुन् ।

हरिबोल गजुरेल कृषि मन्त्री हुदा राधिका तामाङ राज्यमन्त्री थिइन् ।

राधिकासँग एकचोटि भेट पनि गराइदिए । भित्री मामिला नबुझेकी राधिकाले बाइसिएलका साथीले भेट्न ल्याएको भन्दै दीपेन्द्रसँग राम्रै मिजासमा बोलिन् । तर, उनको कार्यकालभरि न दिएको पैसा फिर्ता भयो, न अनुदान नै पाए ।

त्यसपछि अहिलेको सरकारमा जनकपुरकी प्रतीक्षा कृषिमन्त्री हुनेबित्तिकै काम गरिदिने बचन दिइयो । तर, दीपेन्द्रले प्रतीक्षालाई चिनेका छैनन्, देखेका र भेटेका पनि छैनन् ।

जनअास्थाबाट

salt training

कमेन्ट गर्नुहोस्