०६ असार २०८३, शनिबार

प्रदेश नम्बर सातको अहिलेसम्मको नतिजा : कांग्रेसले एक ठाउँ बढी जित्यो

कात्तिक २०, २०७४
प्रदेश नम्बर सातको अहिलेसम्मको नतिजा : कांग्रेसले एक ठाउँ बढी जित्यो
काठमाडौं, २१ असार–असार १४ मा सम्पन्न दोस्रो चरणको स्थानीय तहको चुनावको मतपरिणाम सार्वजनिक भइरहेको छ ।

दोस्रो चरणमा चुनाव सम्पन्न भएको १, ५ र ७ प्रदेशका ३ सय ३४ मध्ये अब केही स्थानीय तहको मात्र नतिजा सार्वजनिक हुन बाँकी छ । पछिल्लो परिणाम अनुसार नेकपा एमालेले अग्रता कायम गरेको छ । एमालेले १३३ स्थानीय तहमा जीत हात परेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ सय १५ स्थानीय तहमा जीत निकालेको छ । तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३६ स्थानीय तहमा जीत निकालेको छ । ६ स्थानीय तह जितेको संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले पनि समान ६ स्थानीय तहमा जीत निकालेको छ ।

त्यस्तै राप्रपाले ४ स्थानीय तहमा जीत निकालेको छ भने राष्ट्रिय जनमोर्चाले दुई स्थानीय तहमा जीत निकालेको छ । त्यस्तै दुई स्वतन्त्र उम्मेदवारले दोस्रो चरणको चुनावमा जीत निकालेका छन् ।

नौं जिल्ला रेहेको ७ नम्बर प्रदेशमा ८८ स्थानीय तह रहेका छन् । कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । ७ नम्बर प्रदेशबाट ३ हजार ६७० जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेशसमेत रहेको सात नम्बरका अधिकांश स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस–एमालेबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । एमालेले ३६ स्थानीय तहमा जीत निकालेको छ भने कांग्रेसले ३७ स्थानीय तहमा जीत निकालेको छ ।

 
७ नम्बर प्रदेशमा नेकपा एमालेले जितेको स्थानीय तह

– अपिहिमाल गाउँपालिका, दार्चुला

– नौगाड गाउँपालिका, दार्चुला

– लेकम गाउँपालिका, दार्चुला


– चौरपाटी गाउँपालिका, अछाम

– मंगलसेन नगरपालिका, अछाम

– साँफेबगर नगरपालिका, अछाम

– मस्टा गाउँपालिका, बझाङ

– जयपृथ्वी नगरपालिका, बझाङ

– थलारा गाउँपालिका, बझाङ

– बित्थडचिर गाउँपालिका, बझाङ

– तलकोट गाउँपालिका, बझाङ

– दुर्गाथली गाउँपालिका, बझाङ

– केदारस्युँ गाउँपालिका, बझाङ

– छबीसपाथिभेरा गाउँपालिका, बझाङ

– गौमुल गाउँपालिका, बाजुरा

– पाण्डवगुफा गाउँपालिका, बाजुरा

– स्वामीकार्तिक गाउँपालिका, बाजुरा

– अमरगढी नगरपालिका, डडेल्धुरा

– नवदुर्गा गाउँपालिका, डडेल्धुरा

– दिपायल सिलगढी नगरपालिका, डोटी

– सायल गाउँपालिका, डोटी

– पूर्वीचौकी गाउँपालिका, डोटी

– आदर्श गाउँपालिका, डोटी

– जोरायल गाउँपालिका, डोटी

– पञ्चेश्वर गाउँपालिका, बैतडी

– डिलासैनी गाउँपालिका, बैतडी

– दोगाडा केदार गाउँपालिका, बैतडी

– गौरीगंगा नगरपालिका, कैलाली

– गोदावरी नगरपालिका, कैलाली

– टीकापुर नगरपालिका, कैलाली

– घोडाघोडी नगरपालिका, कैलाली

– लम्कीचुहा नगरपालिका, कैलाली

– चुरे गाउँपालिका, कैलाली

– मोहन्याल गाउँपालिका, कैलाली

– वेदकोट नगरपालिका, कञ्चनपुर

– बेलडाँडी गाउँपालिका, कञ्चनपुर

७ नम्बर प्रदेशमा नेपाली कांग्रेसले जितेको स्थानीय तह

– शैल्यशिखर नगरपालिका, दार्चुला

– महाकाली नगरपालिका, दार्चुला

– मालिकार्जुन गाउँपालिका, दार्चुला

– दुहुँ गाउँपालिका, दार्चुला

– व्यास गाउँपालिका, दार्चुला

– जोशीपुर गाउँपालिका, कैलाली


– पञ्चदेवल विनायक नगरपालिका, अछाम

– कमलबजार नगरपालिका, अछाम

– तुर्माखाँद गाउँपालिका, अछाम

– ढकारी गाउँपालिका, अछाम

– बन्नीगढी जयगढ गाउँपालिका, अछाम

– काँडा गाउँपालिका, बझाङ

– बुंगल नगरपालिका, बझाङ

– सुर्मा गाउँपालिका, बझाङ

– खप्तडछान्ना गाउँपालिका, बझाङ

– बूढीनन्दा नगरपालिका, बाजुरा

– त्रिवेणी नगरपालिका, बाजुरा

– छेडेदह गाउँपालिका, बाजुरा

– बडिमालिका गाउँपालिका, बाजुरा

– हिमाली गाउँपालिका, बाजुरा

– बूढीगंगा नगरपालिका, बाजुरा



– भागेश्वर गाउँपालिका, डडेल्धुरा

– परशुराम नगरपालिका, डडेल्धुरा

– आलिताल गाउँपालिका, डडेल्धुरा

– गन्यापधुरा गाउँपालिका, डडेल्धुरा

– शिखर नगरपालिका, डोटी

– केआर्इ सिंह गाउँपालिका, डोटी

– बडिकेदार गाउँपालिका, डोटी

– दशरथ चन्द नगरपालिका, बैतडी

– मेलौली नगरपालिका, बैतडी

– पाटन नगरपालिका, बैतडी

– सुर्नया गाउँपालिका, बैतडी

– शिवनाथ गाउँपालिका, बैतडी

– सिगास गाउँपालिका, बैतडी

– बर्दगोरिया गाउँपालिका, कैलाली

– महाकाली नगरपालिका, कञ्चनपुर

– शुक्लाफाँटा नगरपालिका, कञ्चनपुर


७ नम्बर प्रदेशमा माअोवादीले जितेको स्थानीय तह

– मेल्लेख गाउँपालिका, अछाम

– अजयमेरु गाउँपालिका, डडेल्धुरा

– बोगटान गाउँपालिका, डोटी

– पुरचौडी नगरपालिका, बैतडी

– मार्मा गाउँपालिका, दार्चुला

– रामारोशन गाउँपालिका, अछाम

– भजनी नगरपालिका, कैलाली

– कैलारी गाउँपालिका, कैलाली

– लालझाडी गाउँपालिका, कञ्चनपुर


फोरम लोकतान्त्रिकले जितेको स्थानीय तह

– जानकी गाउँपालिका, कैलाली

salt training

कमेन्ट गर्नुहोस्