
युक्रेनमा रुसको सैन्य कारबाही शुरू भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले बिहीवार जनाएको छ ।
आफ्नो ट्वीटर ह्याण्डलमा उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन्,‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशमा १० लाख शरणार्थी पलायन भएको देख्यौँ ।’ राजधानी दैनिकमा खबर छ ।