२३ जेठ २०८३, शनिबार

मतदाता नामावलीमा दाबी विरोध आजदेखि

फागुन २०, २०७८
मतदाता नामावलीमा दाबी विरोध आजदेखि

निर्वाचन आयोगले  स्थानीय  तह  निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको   छ  ।

नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले   सात दिनको  समयसीमा  तोकेको  छ  ।

आयोगले   स्थानीय निर्वाचनको तयारी सम्बन्धमा जानकारी गराउन बिहीबार   आयोजना गरेको   पत्रकार भेटघाटमा  प्रवक्ता  शालिग्राम  शर्मा  पौडेलले उक्त समयसीमा भित्र मतदाता नामावलीमा दाबी  विरोधसमेत  गर्न  पाउने  जानकारी दिए। 

अद्यावधिक  कार्यक्रमअन्र्तगत मतदाता  नामावलीमा  रहेको  त्रुटि  सच्याउन निवेदन दिने,कसैले   झुटो   विवरण दिई  नामावलीमा  नाम  समावेश  गरेको भए  सोको  विरोधमा  उजुरी  दिने,  कुनै मतदाताको  नाम  एकभन्दा  बढी  स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम  गर्न  निवेदन  दिन  पाउनेछन्  ।

आयोगले  मृत्यु  भएका  वा  नागरिकता त्यागेका मतदाताको   नाम मतदाता नामावलीबाट  हटाउन  सूचना  दिने,  उजुरी परेको  मतदातालाई  प्रमाणसहित  सफाइको मौका दिने   कार्यक्रम उक्त समय भित्र सञ्चालन  गर्नेछन्  । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्