२७ जेठ २०८३, बुधबार

विद्यार्थीको माग-शिक्षण अस्पताल स्थानन्तरण गर्न दिइयोस्

फागुन २०, २०७८
विद्यार्थीको माग-शिक्षण अस्पताल स्थानन्तरण गर्न दिइयोस्

नोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थानान्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् ।

चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट पास गरेर नोबेल मेडिकल कलेजमा पढ्दै आएका विद्यार्थीले अन्य शिक्षण अस्पताल स्थानन्तरण गर्न पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा रिले अनशन सुरु गरेका हुन् ।

उक्त कलेजमा पढ्ने विद्यार्थीले सरकारले बनाएको नियम, कानुन नमान्ने मेडिकल कलेजबाट अन्य शिक्षण अस्पतालमा पढ्ने वातावरणसहित स्थानन्तरण माग गर्दै रिले अनशन सुरु गरिएको विद्यार्थी रुपेश पौडेलले जानकारी दिए । उनले विगत ८० दिनदेखि निरन्तररूपमा अध्ययन शुल्कको अतिरिक्त शुल्क हटाउन माग गर्दै आन्दोलन गरेको बताए ।

“उपत्यका बाहिरका मेडिकल कलेजले रु ४४ लाखमा एमबिबीएस पढाउन भनेपनि नोबेल मेडिकल कलेजले त्यो शुल्कभन्दा बढी लिएपछि हामी आन्दोलित हुनुपरेको हो”, उनले भने। 

उनले नोबेल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएपछि राज्यका सबै निकायमा अतिरिक्त शुल्क घटाउनका लागि माग लिएर गए पनि कसैले नसुनेको गुनासो गरे । 

salt training

कमेन्ट गर्नुहोस्