
भरतपुर महानगरपालिकाले महानगरभित्रका ६९२ विद्यार्थीका लागि २० लाख ७६ हजार रुपियाँ छात्रवृत्तिबापत वितरण गरेको छ ।
महानगरभित्रका ६७ वटा विद्यालयका १ देखि ८ सम्मका लोपोन्मुख तथा अति सीमान्तकृत बालबालिकालाई प्रतिविद्यार्थी तीन हजार रुपियाँका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले जानकारी दिए।
भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ वटा विद्यालयका २४० विद्यार्थीलाई रकम प्रदान गरेको हो । बाँकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति रकम बैङ्कमार्फत विद्यालयको खातामा पठाएको पौडेलले बताए । गोरखापत्र दैनिकमा खबर छ ।