३० जेठ २०८३, शनिबार

पत्नी सम्झेर परदेशीको पीडा - ‘ज्यान जाला बिवाह पछि विदेश आउँदिन’

कात्तिक २०, २०७४
पत्नी सम्झेर परदेशीको पीडा - ‘ज्यान जाला बिवाह पछि विदेश आउँदिन’

काठमाडौं, २१ असार — ‘ज्यान जाला विवाह पछि त म विदेशमा आउँदिन’ महेश कंडेलले लखेका छन् । उनी मात्रै होइन थुप्रैले लेखेका छन् — विवाह गरेपछि विदेश आउन नपरोस् ।

विदेश गएपछि पति पत्नीबीच सम्बन्ध विग्रने भन्दै धेरैले लेखेका छन् । पति विदेश हिँडेपछि नेपालमा रहेकी पत्नीनले अन्य पुरुषसँग अनैतिक सम्बन्ध स्थापित गर्ने विषय समेत धेरैले लखेका छन् ।

यस्ता प्रकारका प्रतिक्रियामा विदेशमा रहेका थुप्रै युवाहरुले एउटा गीतमा व्यक्त गरेका छन् ।
धेरै युवाहरुले आफू विदेश गएपछि पत्नीप्रति शंका बढ्ने लगायतका कुरा गरेका छन् ।

आफू विदेशीएसँगै पत्नी शहर पस्ने कारणले गर्दा पनि समस्या हुने गरेको युवाहरुले प्रतिक्रिया दिएका छन् ।
२०७४ सालको तीजलाई लक्षित गरेर थुप्रै तीज गीतहरु युटुबमा उपलब्ध भइसकेका छन् । यो वर्ष सन्तोष केसीले बजारमा ल्याएको गीत पल्ला घरे सुन्तली पल्किअरे बाई, अहिले युटुव टे«ण्डको १० नम्बरमा छ ।

विदेशमा बसेका युवाहरुले धेरै हेरेको कारणले नै उक्त गीतको दर्शक धेरै भएका हुन् ।
गीतमा एक जना युवा विदेश गएपछि उनीकी पत्नी छोरो पढाउन शहर झरेको र त्यतैबाट अन्य पुरुषसँग सम्बन्ध स्थापित गरेर पतिलाई अलपत्र पारेको कुरा उल्लेख छ ।

साथै परदेशबाट पतिले पठाएको रकम समेत उनले हिनामिना गरेकी छन् । गीतको भिडियो पनि सोही प्रतिको छ । उक्त गीत अहिले सम्म साढे दुई लाख भन्दा बढीले हेरिसकेका छन् ।

उक्त गीतमा दुई सय १८ जनाले कमेन्ट गरेका छन् । युटुवमा कमेन्ट गर्नको लागि जिमेल अकाउन्ट समेत लग इन हुनुपर्ने भएकोले युटुवमा प्राप्त यी कमेन्ट अत्यन्तै धेरै हुन् ।

गीत हेरेपछि धेरैले विवाह गरेपछि विदेश आउन नपरोस भनेर प्रतिक्रिया दिएका छन् ।
‘पीडा छ पीडा हजुर, बिहेपछि कोही पनि विदेश नजाउन’ राजु आचार्यले लेखेका छन् ।

कतिपय महिलालेले समेत उक्त गीतलाई समाजको यथार्थ अवस्था भनेर लेखेका छन् । उपलब्ध प्रतिक्रियालाई कतिपयले पुरुष मानसिकता मात्रै भएको  बताएका छन् ।

हेरौं गीत

salt training

कमेन्ट गर्नुहोस्