२३ जेठ २०८३, शनिबार

जुर्मुराउँदै पर्यटन क्षेत्र

फागुन २०, २०७८
जुर्मुराउँदै पर्यटन क्षेत्र

कोरोना   महामारीसँगै सुस्ताएको  नेपालको  पर्यटक  आगमन  यसपटक  भने जुर्मुराउन  खोजेको  छ ।

गत  वर्षको  फेब्रुअरीभन्दा  सन् २०२२  को  फेब्रुअरीमा  पर्यटक  आगमन  दोब्बरभन्दा  धेरै देखिएको छ ।

नेपाल    पर्यटन    बोर्डले    सार्वजनिक    गरेको विवरणअनुसार अघिल्लो वर्ष फेब्रुअरीमा नौ हजार १४६ विदेशी  पर्यटक  हवाईमार्गबाट  नेपाल  भित्रिएकामा  यस वर्षको  फेब्रुअरीमा  १९  हजार ७६६  जना  नेपाल  घुम्न आएका छन् । यो ११६.१ प्रतिशतको वृद्धि हो ।

पर्यटक  आगमन  वृद्धिमा  सबैभन्दा  धेरै  युरोपेली क्षेत्रको  छ ।

 त्यहाँबाट  अघिल्लो  वर्षको  फेब्रुअरीमा  एक हजार १४२ जना मात्र आएकामा यो वर्षको सोही महिनामा चारहजार ८१३ जना आएका छन् । यो ३२१ प्रतिशतले बढेको हो ।

सबैभन्दा  धेरै  पर्यटक  आउने  सार्क  क्षेत्रबाट  पनि करिब  ४५  प्रतिशतले  बढेर सात  हजार २६२  पुगेको áछ ।  यसमा  भारतीय  मात्रै  करिब  छ  हजार छन् ।  

समग्र आगमनमा सार्क क्षेत्रको हिस्सा ३६ प्रतिशत छ । धेरै  मुलुकबाट  नेपाल  आउने  पर्यटकको  सङ्ख्या बढेको  भए  पनि  चीन  र म्यानमारबाट  भने  घटेको  छ ।

चीनबाट अघिल्लो वर्षको फेब्रुअरीमा ७०८ जना पर्यटक आएकामा यसपटक २०५ जना मात्र नेपाल आएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्