०३ साउन २०८३, आइतबार

काठमाडौं रेजर्समा बालगोपाल र कुथुकै निरन्तरता

फागुन २०, २०७८
काठमाडौं रेजर्समा बालगोपाल र कुथुकै निरन्तरता

नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टिम काठमाडौं रेजर्सले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा काठमाडौंले एनएसएलको दोस्रो संस्करणका लागि बालगोपाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । यस्तै काठमाडौंले गोलरक्षक विकेश कुथुसँग मार्की खेलाडीको रुपमा सम्झौता नवीकरण गरेको छ ।

पहिलो संस्करणको उपाधि काठमाडौंले जित्दा विकेश कप्तान र बालगोपाल नै प्रशिक्षक रहेका थिए । पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले सम्पूर्ण टिम उपाधि जित्ने लक्ष्यका साथ तयारी गर्ने बताए।

त्यस्तै मार्की खेलाडी विकेश कुथुले यसपटक पनि आफ्नो टीमले नै उपाधि जित्नका लागि सम्पूर्ण शक्ति लगाउने बताए।

एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।  दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्