नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)द्वारा विश्व शान्ति तथा एकताको कामना गर्दै बिहीवार बृहत हरिनाम संकीर्तन आयोजना गरिएको छ ।
नेपालभरिबाट एकतृत भएका ८०० भक्तजनहरूको उपस्थितिमा काठमाडौँको दरबार स्क्वायर क्षेत्रमा विभिन्न प्लेकार्ड सहित उपस्थित भक्तहरुले विश्व शान्तिकालागि हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे महामन्त्रको संकिर्तन गरेका थिए ।
खासगरी रसिया र युक्रेनबीच भईरहेको युद्ध बन्द भई शान्ति कायम होस् र आध्यात्मीक भावनाको विकास होस् भनी प्रार्थना गरिएको थियो ।
'नो गड नो पीस, नो गड नो पीस' भन्ने मुलनारासाथ शुरु गरिएको संकिर्तनमा देशभरीबाट आउनुभएका ८०० भन्दा बढी भगवानका भक्तहरुको उपस्थिति रहेको थियो ।
एनP;Lबाट शुरु भएको संकिर्तन कार्यक्रममा इस्कोनका अन्तराष्ट्रिय गुरुहरु महाविष्णु महाराज, प्रभविष्णु महाराज, पात्री प्रभुजी, इस्कोन नेपालका देशैभरिका सेन्टरका प्रमुख तथा प्रतिनीधि भक्तहरुको उपस्थिति रहेको थियो ।
साथै, गत सोमबार देखि बुधबारसम्म इस्कोन बुढानीलकण्ठमा ८०० भन्दा बढी भक्तहरु सम्मिलित तीन दिने भक्ति संगम तथा अन्तराष्ट्रिय गुरु महाविष्णु महाराजको ७७ वर्षे ब्यासपुजा कार्यक्रम सफलताका साथ आयोजना गरिएको थियो ।
इस्कोन नेपालको प्रधान कार्यालयमा आयोजना गरिएको त्रिदिवसीय बन्दसत्र कार्यक्रमको समापनमा हरिनाम संकीर्तन आयोजना भएको थियो ।