२२ जेठ २०८३, शुक्रबार

कनेक्ट आईपीएसबाटै विएससीको आवेदन शुल्क बुझाउन सकिने, यसरी तिर्नुहोस् [तरिकासहित]

फागुन २०, २०७८
कनेक्ट आईपीएसबाटै विएससीको आवेदन शुल्क बुझाउन सकिने, यसरी तिर्नुहोस् [तरिकासहित]

पछिल्लो समय कुनै  पनि वस्तु तथा सेवाको महशुल भुक्तानीका लागि कनेक्ट आईपीएस लोकप्रिय बन्दै गइरहेको  छ । 

हरेक घरका लागि आवश्यक हुने विद्युतको महशुल भुक्तानी देखि राजश्वसम्म भुक्तानी यसै माध्यमबाट तिर्ने सुविधा भएपछि कनेक्ट आईपीएसको लोकप्रियता बढ्दै गइरहेको हो । 

हरेक क्षेत्र प्रविधिमैत्री बन्दै जाँदा कम्पनीले नयाँ नयाँ सुविधाहरू थप गर्दै लगेको छ । 

विद्यार्थीहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले नयाँ सुविधा प्रदान गरेको हो । 

कम्पनीले विएससीको अनलाइन आवेदन शुल्क कनेक्ट आईपीएसमार्फत सजिलै तिर्न सक्ने सुविधा ल्याएको छ । 

जसको प्रयोगले विद्यार्थीहरूले सहजै आफू रहेको ठाउँबाट अनलाइन आवेदन दिन तथा भुक्तानी गर्न सक्ने भएका छन्  ।

विशेष गरी  कृषि तथा वन विश्वविद्यालयको बीएससीका विद्यार्थीहरूका लागि यो सुविधा हाल उपलब्ध रहेको छ ।

कनेक्ट आईपीएसको माध्यमबाट यसको शुल्क सहजै तिर्न सकिन्छ । 

सिद्धार्थ बैंकको सहकार्यमा सो अनलाइन आवेदन तिर्ने सुविधा उपलब्ध भएको हो । 

कसरी बन्ने प्रयोगकर्ता ?

कनेक्ट आईपीएसको प्रयोगकर्ता बन्नका लागि सर्वप्रथम तपाईंले कनेक्ट आईपीएसको वेबसाइट https://www.connectips.com/  मा लगइन  गर्नुपर्छ वा मोबाइल एप डाउनलोड गर्नको लागि (http://onelink.to/connectips) मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि त्यहाँ साइन अप र साइन इन अप्सन दिइएको हुन्छ । जसमध्ये नयाँ खाताका लागि साइन अपमा क्लिक गर्नुपर्दछ । 

यसपछि नयाँ ट्याब खुल्छ, जसमा तपाईंले आफ्नो व्यक्तिगत विवरणहरू (नाम, लिंग, मोबाइल नम्बर, इमेल आईडी, जन्म मिति, जिल्ला) भर्नुपर्ने हुन्छ । 

यसपछि कनेक्ट आईपीएस प्रयोगका लागि युजरनेम र पासवर्ड पनि त्यहाँ राख्नुपर्ने हुन्छ । 

यति गरिसकेपछि कनेक्ट आईपीएस र तपाईंको खाता रहेको बैंकलाई अनलाइन वा बैंकमा गएर लिंक गर्न सक्नुहुनेछ ।

यसपछि तपाई कनेक्ट आईपीएस प्रयोगकर्ता बन्नुहुनेछ ।

यसबाट तपाईंले आफ्नो वा अन्य कसैको बैंक खातामा रकम पठाउन, इन्टरनेट, बिजुली बत्तीको बिल भुक्तानी गर्न सकिनेछ । 

कसरी गर्ने अनलाइनबाट भुक्तानी ?

अनलाइनमार्फत आवेदन शुल्क भुक्तानीका लागि सर्वप्रथम विद्यार्थीले कनेक्ट आईपीएसमा युजर बनेको हुनुपर्छ । 

त्यसपछि विद्यार्थीले कृषि तथा वन विश्वविद्यालयको वेबसाइट https://www.afu.edu.np/ मा गएर फर्म भर्नुपर्छ । 

फर्म भर्ने आवश्यक प्रक्रिया पूरा गरेपछि आवेदन शुल्क तिर्नको लागि भने कनेक्ट आईपीएसलाई छनोट गरी  गरी आफूले लिंक गरेर एसेप्ट भएको  खाताबाट सजिलै भुक्तानी गर्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्