०१ साउन २०८३, शुक्रबार

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको बिलौना– नो फ्लाई जोन नभए लडाकू विमान त देओ

फागुन २०, २०७८
युक्रेनका राष्ट्रपति जेलेन्स्कीको बिलौना– नो फ्लाई जोन नभए लडाकू विमान त देओ

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्सकीले पश्चिमी सैन्य संगठन नेटोलाई युक्रेनको आकाशमा नो फ्लाई जोन घोषणा गर्न पुनः आह्वान गरेका छन् । 

बिहीवार उनले सम्बोधन गर्दै भने, ‘तिमीहरूलाई अझै कति समय चाहिन्छ ? कतिवटा हात र खुट्टा काटिएपछि तिमीहरूले कुरा बुझ्छौ ? तिमीहरूसँग नो फ्लाई जोन उपलब्ध गराउने क्षमता छैन भने मलाई लडाकू विमान देओ । त्यसो गर्नु सही हुन्छ, हैन ?’

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले जेलेन्स्कीलाई पछि जवाफ फर्काए । उनले भने, ‘युक्रेनमा नो फ्लाई जोन घोषणा गर्नु नेटोको निर्णय हो तर त्यो आवश्यकताभन्दा एक कदम अघि बढ्नु हो । यसले तेस्रो विश्वयुद्ध गराउने वास्तविक जोखिम निम्त्याउँछ । अझ, रुससँग आणविक हतियार भएको कुरालाई विचार गर्नुपर्ने हुन्छ ।’

नो फ्लाई जोन भनेको युक्रेनको आकाशमा यात्रुवाहक विमान उड्न लगाइने रोक हो । जंगी विमानहरू उडाएर बम खसाउन तथा रुसको वायुसेनामाथि आक्रमण गर्न पर्ने भएमा नो फ्लाई जोनको घोषणा गरिन्छ । त्यस्तो अवस्थामा रुसले प्रतिकार गर्दा तेस्रो विश्वयुद्ध शुरू हुन सक्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्