२४ जेठ २०८३, आइतबार

चुनावमा पहिलो कांग्रेस, दोस्रो हामी हुन्छौं- प्रचण्ड

फागुन २०, २०७८
चुनावमा पहिलो कांग्रेस, दोस्रो हामी हुन्छौं- प्रचण्ड

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा कांग्रेस पहिलो र दोस्रोमा माओवादी हुने बताएका छन् । 

शुक्रवारबाट काठमाडौंमा शुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रयास एक नम्बर नै हुने भन्ने भए पनि अहिलेको स्थितिमा पहिलो भन्ने मनोगत मात्रै हुने बताएका हुन् । 

‘अहिलेको स्थितिमा पहिलो भन्नेचाहिँ मनोगत नै हो । तर, भूमिका चाहिँ पहिलो नै हो,’ उनले भने, ‘उम्मेदवार चयनदेखि भौतिक तयारी गर्ने हो भने हामी दोस्रो हुन्छौं ।’

समग्र देशको राजनीतिमा आफूहरू निर्णायक हुने उनको भनाइ छ । ‘हामीसँग एक दम समय कम छ, अब चुनाव आउन दुई महिना १० दिन मात्रै छ,’ उनले भने, ‘युद्धस्तरमा काम नगर्ने हो भने अप्ठ्यारो स्थिति आउन सक्छ, कांग्रेस र एमाले हाम्रा चुनौती हुन् ।’  

एमाले चलाख भएकाले गाउँगाउँ गइसकेको भन्दै प्रचण्डले कांग्रेसको आफ्नै खालको भोटबैंक रहेको बताए । 

उनले गठबन्धन र शक्तिलाई ठिक ढंगले परिचालन गर्न सके ‘लेफ्ट’को पहिलो हुने सम्भावना रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्