२७ जेठ २०८३, बुधबार

सामाजिक सञ्जालमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्नू- साइबर ब्यूरो

फागुन २०, २०७८
सामाजिक सञ्जालमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्नू- साइबर ब्यूरो

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न आग्रह गरेको छ । 

केही समयदेखि विभिन्न व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटकलगायतका सामाजिक सञ्जालमा अनुसन्धान कार्यलाई प्रभावित पार्ने उद्देश्यले भ्रामक, झूटा क्याप्सन राखेर भिडियो तथा तस्वीर अपलोड गरेको पाइएकाले त्यसो नगर्न ब्यूरोले आग्रह गरेको हो । 

‘समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने, पीडितको गोपनीयताको हक हनन गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका प्रवृत्ति देखिएको’ ब्यूरोको सूचनामा उल्लेख छ । त्यस्ता क्रियाकलापहरू गरे विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने ब्यूरोले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्