
भारतीय पूर्व कप्तान विराट कोहलीले शुक्रवार ठूलो उपलब्धि हासिल गरेका छन् । उनी आफ्नो करियरमा १०० टेस्ट खेल्ने भारतका १२ औं खेलाडी बनेका छन् ।
यस अवसरमा खेलअघि प्रशिक्षक राहुल द्रविडले सम्मान गर्दै विशेष क्याप प्रदान गरेका थिए ।
कोहलीको यो सम्मान समारोहमा उनकी पत्नी अनुष्का शर्मा पनि मैदानमा थिइन् । विशेष क्याप पाएपछि कोहलीले अनुष्कालाई अँगालो हालेर आफ्नो खुशी बाँडे । तर, अनुष्का शर्माको यसरी मैदान प्रवेश गरेको केही फ्यानलाई भने मन परेन ।
टीम इण्डिया र श्रीलंकाबीचको दुई टेस्ट म्याचको पहिलो खेल मार्च ४ बाट मोहालीमा खेल्दैछ । कोहलीको यो १००औँ टेस्ट हो ।
यस खेलमा टसको १५ मिनेटपछि मात्रै कोहलीलाई फिल्डमा सम्मान गरिएको थियो । यस क्रममा उनकी श्रीमती अनुष्का पनि थिइन् । अहिले ट्विटरमा अनुष्का शर्माले मैदानमा आउनु सही कि गलत भन्ने विषयमा फ्यानहरू भिडिरहेका छन् ।
केहीले अनुष्का मैदानमा जान हुन्थेन भनेका छन् । भने कतिपयले अनुष्काको समर्थन गरेका छन् ।