१० साउन २०८३, आइतबार

२४ घण्टामा थपिए १२६ संक्रमित, १ जनाको मृत्यु

फागुन २०, २०७८
२४ घण्टामा थपिए १२६ संक्रमित, १ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९३३ नमूना परीक्षणमध्ये १११ पीसीआर र १५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

हालसम्मको मृत्यु संख्या ११ हजार ९४५ छ । 

मन्त्रालयका अनुसार थप ३८५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ । 

हाल मुलुकभर ७ हजार २४२ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्