२६ जेठ २०८३, मंगलबार

एमसीसी पारित गरेको दिन पुस १ जस्तै अर्को कालो दिन- विप्लव

फागुन २०, २०७८
एमसीसी पारित गरेको दिन पुस १ जस्तै अर्को कालो दिन- विप्लव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पारित गरेको दिन पुस १ को कालो दिन जस्तै नेपाली इतिहासको कालोदिन भएको आरोप लगाएका छन् । 

अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीको विरोधमा साना ६ दलले शुक्रवार काठमाडौंमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै विप्लवले कम्युनिस्टको खोल ओढेका नै राष्ट्रघातमा लागेको आरोप लगाएका हुन् । 

‘फागुन १५ गते नेपालमा एउटा घटना घट्यो, नेपालको राष्ट्रियतामाथि घात गर्ने, घटना घट्यो । फागुन १५ कालो दिनको रुपमा दर्ज भएको छ,’ विप्लवले भने, ‘फागुन १५ गतेको दिन नेपालको इतिहासमा पुस १ गतेको कालो दिन जस्तै अर्को कालो दिनको रुपमा दर्ज भएको छ । प्रजातन्त्रको बिल्ला टाँगेका मान्छे र हँसिया हथाैडाको फिता बाँधेकाले राष्ट्रघात गरे ।’

केही मन्त्री र सांसदको पद जोगाउने नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले एमसीसीमा सम्झौता गरेको विप्लवले आरोप लगाए ।

२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित बीपी कोइरालालाई अपदस्थ गरेकाे दिनलाई कालो दिनका रूपमा हेरिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्