१३ असार २०८३, शनिबार

सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो : सदस्य जोशी

फागुन २१, २०७८
सम्पादकीय लेख्न छाड्दा स्थानीय पत्रिकाको स्तर खस्कियो : सदस्य जोशी

प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले स्थानीय पत्रिकामा सम्पादकीय लेख्न छाड्दा पत्रिकाको स्तर खस्किएको गुनासो गरेका छन् ।

‘अचेल कपीपेस्ट पत्रकारिता चलेको छ, कुनै पत्रिकामा पनि सम्पादकीय आउँदैन,’ नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले शुक्रवार महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमा उनले भने, ‘सम्पादकीय लेख्नै छाडिएको छ, यसले पत्रिकाको स्तर राम्रो बनाउन बनाउँदैन ।’

सम्पादकीय नलेखिने पत्रिका पत्रिका हुन कि होइन भनेर काउन्सिललमा बहस समेत हुने गरेकाले तिनलाई  स्थान दिएर पत्रिका छाप्नुपर्नेमा जोड दिँदै सदस्य जोशीले सम्पादकीय, लेख, रचना र स्थानीय विषयवस्तुलाई नै वर्गीकरणको आधार मानिने गरी  छलफल अघि बढाइएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्