०९ साउन २०८३, शनिबार

राष्ट्र बैंकको ५ वर्षे रणनीति तयार

फागुन २१, २०७८
राष्ट्र बैंकको ५ वर्षे रणनीति तयार

नेपाल  राष्ट्र बैङ्कले  पाँच  वर्षे  रणनीतिक  योजना  तयार गरेको छ। सन् २०२२ देखि २०२६ सम्मका लागि  उक्त  रणनीतिक  योजनाले  केन्द्रीय बैङ्कको  आगामी  पाँच  वर्षको  समग्र  कार्य र रणनीति तय गरेको छ। 
सन् २००६ देखि रणनीतिक  योजना  बनाउन  थालेको  राष्ट्र बैङ्कको यो चौथो रणनीतिक योजना हो। यो  रणनीतिक  योजना  आगामी  पाँच वर्षका  लागि  राष्ट्र  बैङ्कको  ‘रोडम्याप’  हुने राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले उल्लेख  गरेका छन् । 
  केन्द्रीय  बैङ्कले बैङ्किङ पद्धतिप्रतिको विश्वासलाई पुनस्र्थापना गर्न,  राष्ट्रले  अपेक्षा  गरेअनुसार  अन्तर्राष्ट्रिय समुदाय  र  विकास  साझेदारसँग  प्रभावकारी संयोजन  गर्न  र  बैङ्किङ,  वित्तीय  र  बाह्य क्षेत्रसँगको  स्थायित्व  कायम  गर्न  अवलम्बन गर्नुपर्ने  विशेष  र  नवप्रवद्र्धनात्मक  उपाय  यो रणनीतिक योजनामा समेटिएको खबर गोरखापत्रमा छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्