१० साउन २०८३, आइतबार

रुसले गर्‍यो अस्थायी युद्धविरामको घोषणा, सर्वसाधारणका लागि मानवीय करिडोर खोलिने

फागुन २१, २०७८
रुसले गर्‍यो अस्थायी युद्धविरामको घोषणा, सर्वसाधारणका लागि मानवीय करिडोर खोलिने
फाइल तस्वीर।

कियभमा रहेका बीबीसी संवाददाता जेम्स वाटरहाउसका अनुसार रुस र युक्रेनबीच जारी युद्धको दशौँ दिन रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । 

सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा उनले रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्कोको समयानुसार १० बजेदेखि हमला रोक्ने जनाएको बताएका छन् । यसबाट मानिसहरूलाई मद्दतका लागि मानवीय कोरिडोरहरू खोल्न सकियोस् । 

यसमार्फत् मारिउपोल र भोल्नोभाखा शहरका नागरिकलाई शहरका नागरिकहरूलाई मद्दत गरिने बताइएको छ ।

रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो युद्धविराम ६ बजेदेखि लागू हुने र यस अवधिमा सर्वसाधारणलाई सहयोग गर्न मानवीय करिडोर खोलिने जानकारी दिएको छ ।

युक्रेनको धेरैजसो क्षेत्रमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिएका बेला युद्धविरामको घोषणा गरिएको हो । कियभ, खार्किभ, सुमी, चेर्निगोभ र मारिउपोल शहरहरू सबैभन्दा बढी प्रभावित छन् ।

युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोडोलियाकले करीब  २ लाख मानिसहरू मारिउपोलबाट निल्कने प्रयास गरिरहेको बताएका छन् । त्यस्तै २० हजार मानिस  डोनेट्स्क क्षेत्रको भोल्नोभाखा क्षेत्र छाड्न चाहेको उनले उल्लेख गरेका छन् । 

हाल युक्रेनको सबैभन्दा ठूला बन्दरगाह भएका दुई शहर मारिउपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेको छ । बीबीसी

 

salt training

कमेन्ट गर्नुहोस्