२४ जेठ २०८३, आइतबार
कोरोना अपडेट

कोरोना संक्रमित २ अंकमा सीमित, मृत्यु संख्या शून्य

फागुन २१, २०७८
कोरोना संक्रमित २ अंकमा सीमित, मृत्यु संख्या शून्य

कोरोना संक्रमण पछिल्लो समय ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा ९१ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० नमूना परीक्षणमध्ये ६७ पीसीआर र २४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा कुनै संक्रमितको पनि मृत्यु भएको छैन । 

हालसम्मको मृत्यु संख्या ११ हजार ९४५ छ । 

मन्त्रालयका अनुसार थप ३६२ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५८ हजार ५५५ पुगेको छ । 

हाल मुलुकभर ६ हजार ८४७ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्