०५ साउन २०८३, मंगलबार

‘सामसुङले आफ्नो उत्पादन रूसमा नपठाउने’

फागुन २१, २०७८
‘सामसुङले आफ्नो उत्पादन रूसमा नपठाउने’

दक्षिण कोरियाली प्रविधि कम्पनी, सामसुङले विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण रूसमा आफ्नो उत्पादनको निर्यातलाई रोक्ने निर्णय गरेको छ ।

यसले युक्रेनमा आक्रमण गरेपछि देशमा बिक्री र सेवाहरू बन्द गरेका एप्पल र माइक्रोसफ्ट जस्ता अन्य विश्वव्यापी ख्यातिप्राप्त कम्पनीहरूसँग सम्मिलित भएको हो ।

 विकसित पछिल्लो घटनाक्रम (रूस–यूक्रेन द्वन्द्व)का कारण कम्पनीले मार्च ५ देखि रूसमा आफ्नो आपूर्तिलाई रोकेको हो ।

‘उक्त क्षेत्र वरिपरि’ मानवीय प्रयासलाई सक्रियतापूर्वक समर्थन गर्न कम्पनीले उपभोक्ता इलेक्ट्रोनिक्समा १० लाख अमेरिकी डलरसहित ६० लाख अमेरिकी डलर अनुदान पनि गरिरहेको कुरा बताएको छ । 

यसअघि अमेरिकी प्रबिधि कम्पनी एप्पलले पनि युक्रेनमा रूसी सैन्य परिचालनका कारण रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न रोकेको सिएनएनले जनाएको थियो ।

कम्पनीले रूसी आक्रमणको बारेमा ‘गम्भीर चासो’ व्यक्त गर्दै यसको जवाफमा यसले रूसमा ‘आफ्ना सबै उत्पादनको बिक्री रोकेको’ बताएको थियो । एप्पलले रूसभित्र एप्पल पे जस्ता डिजिटल सेवाहरूमा पहुँच सीमित गर्न र देशबाहिर रूसी राज्य मिडिया अनुप्रयोगको उपलब्धतामा प्रतिबन्ध लगाएको पनि बताएको छ ।

मस्कोले युक्रेनबाट स्वतन्त्र भएको घोषणा गरेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि फेब्रुअरी २४ मा रूसी सेनाहरूले युक्रेनमा सैन्य परिचालन गरेपछि सामसुङले यो निर्णय गरेको यूक्रेनी समाचारमाध्यमहरूमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्