२५ असार २०८३, बिहीबार

हमाल मृत्यु प्रकरणमा छानबिन गर्न प्रशासनद्वारा समिति गठन

फागुन २१, २०७८
हमाल मृत्यु प्रकरणमा छानबिन गर्न प्रशासनद्वारा समिति गठन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ । आज बिहान १०ः१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति २३ः५० बजे नेपालगञ्जदेखि जुम्ला जाँदै गरेको भे१क ९२२ नंको गाडीमा सवार थिए । यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको र जसका कारण हमालको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन थालेलगत्तै सुर्खेत प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी पाण्डेको संयोजकतत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

उक्त समितिले तीन दिनभित्र घटनाको सत्य, तथ्य प्रतिवेदन पेश गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 
मृतकका आफन्त कलमबहादुर हमालले प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको आरोप लगाए । उनले भने, “गाडीको स्टाफलाई समेत दुईजना प्रहरीले कुटपिट गरेका थिए । उनीहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।” आज बिहान सुर्खेत अस्पताल नपुग्दै हमालको मृत्यु भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालका अनुसार छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्न, प्रतिवेदनबमोजिम व्यक्ति दोषी देखिए कानुनी कारवाही गर्ने, यस कार्यलाई सहज बनाउन विरोधका कार्यक्रम रोक्ने र शव परीक्षणका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्