×

हमाल मृत्यु प्रकरणमा छानबिन गर्न प्रशासनद्वारा समिति गठन

फागुन २१, २०७८

जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिलागुफा नगरपालिका–३ कालीकोट निवासी ३४ वर्षीय कृष्ण हमाल (मिनी)को मृत्युको सत्य, तथ्य छानबिनका लागि समिति गठन गरेको छ । आज बिहान १०ः१५ बजे मृत्यु भएका हमाल शुक्रबार राति २३ः५० बजे नेपालगञ्जदेखि जुम्ला जाँदै गरेको भे१क ९२२ नंको गाडीमा सवार थिए । यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको र जसका कारण हमालको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले वीरेन्द्रनगरमा आन्दोलन थालेलगत्तै सुर्खेत प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी पाण्डेको संयोजकतत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

उक्त समितिले तीन दिनभित्र घटनाको सत्य, तथ्य प्रतिवेदन पेश गर्ने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 
मृतकका आफन्त कलमबहादुर हमालले प्रहरीको कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको आरोप लगाए । उनले भने, “गाडीको स्टाफलाई समेत दुईजना प्रहरीले कुटपिट गरेका थिए । उनीहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।” आज बिहान सुर्खेत अस्पताल नपुग्दै हमालको मृत्यु भएको जनाइएको छ ।


Advertisment

जिल्ला प्रशासन कार्यालका अनुसार छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्न, प्रतिवेदनबमोजिम व्यक्ति दोषी देखिए कानुनी कारवाही गर्ने, यस कार्यलाई सहज बनाउन विरोधका कार्यक्रम रोक्ने र शव परीक्षणका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको छ ।


Advertisment
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x