२८ जेठ २०८३, बिहीबार

माओवादी केन्द्रमा सङ्गठनलाई पूर्णता दिने तयारी, को बन्लान् महासचिव ?

फागुन २२, २०७८
माओवादी केन्द्रमा सङ्गठनलाई पूर्णता दिने तयारी, को बन्लान् महासचिव ?
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले  आइतबार  पदाधिकारी  र  स्थायी  समिति  चयन  गर्ने भएको छ ।

शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक  विषयमा  छलफल  भएपछि  अब  बैठकको  कार्यसूची पदाधिकारी चयनलगायतका साङ्गठनिक विषयमा प्रवेश गरेको छ ।

आइतबारको बैठकमा यी विषयमा टुङ्गो लाग्ने नेताहरूले बताएका छन्। आइतबारको बैठक कार्ययोजना र सङ्गठनको पूर्णतामा केन्द्रित  हुनेछ  ।

 माओवादी  केन्द्रका  केन्द्रीय  कार्यालय  सचिव  श्रीराम  ढकालले  भने,  “बैठकको  कार्यसूची  अब  कार्ययोजना  निर्माण  र  सङ्गठन  हो  ।  पदाधिकारी  चयन पनि सङ्गठनभित्रै पर्ने एजेन्डा हो, आइतबार टुङ्गो लाग्ने  अत्यधिक  सम्भावना  छ  ।”  

पुस  १८  गते  सम्पन्न  माओवादीको  आठौँ  महाधिवेशनले  २४७  केन्द्रीय  सदस्य  चयन गरेको थियो ।

 लगत्तै   पुस   १९   गतेको   केन्द्रीय समितिको   बैठकले   पुष्पकमल   दाहाल ।।।प्रचण्ड’लाई   अध्यक्ष   चयन   गरेको थियो । अन्य पदाधिकारी हालसम्म चयन भएको   छैन ।   माओवादीमा   निर्वाचित केन्द्रीय  समितिले  पदाधिकारी  चयन  गर्ने  व्यवस्था छ ।

माओवादी केन्द्रका नेता देव गुरुङले आइतबारको   बैठकमा   सहमति   भए पदाधिकारी चयन हुन सक्ने बताए ।

सङ्गठन र कार्ययोजनाबारे बैठक केन्द्रित हुने  चर्चा  गर्दै  नेता  गुरुङले  भन्नुभयो, “पदाधिकारी चयन गर्ने कुरा सहमति भए हुन्छ,  नभए  हुँदैन,  सहमति  भइसकेको कुरा मलाई जानकारी छैन । ”

केन्द्रीय समितिलाई पूर्णता दिने काम पनि  बैठकबाट  हुने  सम्भावना  छ ।  २९९ केन्द्रीय सदस्यमा २४७ मात्र चयन भएका छन् ।  २९९  मा  १०  प्रतिशत  हेडक्वार्टरले मनोनीत  गर्ने  व्यवस्था  छ ।  त्यो  पनि बाँकी छ । २९९ को १५ प्रतिशत केन्द्रीय समितिले  मनोनीत  गर्ने  काम  पनि  बाँकी छ ।  

महाधिवेशनका  बाँकी  काम  सम्पन्न गरिने नेता देव गुरुङले बताए । महाधिवेशनमा   पदाधिकारी   दाबी गर्नेको  सङ्ख्या  धेरै  भएपछि  केन्द्रीय समितिमात्र  चयन  गरी  सम्पन्न  गरिएको थियो ।  पदाधिकारी  दाबी  गर्ने  नेताको व्यवस्थापन   गर्न   पदाधिकारी   सङ्ख्या महाधिवेशनबाटै थपिएको छ ।

जसअनुसार अध्यक्ष,  एक  जना  वरिष्ठ  उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव,  तीन  सचिव  र  कोषाध्यक्ष रहने  व्यवस्था  गरिएको  छ ।  तर,  अन्य पदभन्दा  महासचिवमा  नेताहरूले  महìव दिएको पाइन्छ । महाधिवेशनका बेला देव गुरुङ,  पम्फा  भुसाल,  हरिबोल  गजुरेल, जनार्दन  शर्मा  र  वर्षमान  पुनलगायतका नेताको महासचिव दाबी थियो तर पछिल्लो समयमा  जनार्दन  शर्मा  र  वर्षमान  पुनको चर्चा बढी हुने गरेको छ ।  लक्ष्मण दर्नालले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्