२३ जेठ २०८३, शनिबार

फेसबुकको प्रोफाइल फोटोले नै बताउँछ तपाई कस्तो व्यक्ति ?

कात्तिक २०, २०७४
फेसबुकको प्रोफाइल फोटोले नै बताउँछ तपाई कस्तो व्यक्ति ?

सामाजिक सञ्जालमा पोस्ट गरिने प्रोफाइल फोटोले तपाईको बारेमा त्यो सबै कुरा बताउन सक्छ, जसका बारेमा तपाईलाई कहिल्यै जानकारी नहुन सक्छ ।

तपाईको सोच, विचार र आदत बारे प्रोफाइलमा पोस्ट गरिने तस्वीरको माध्यमबाट सजिलै पत्ता लगाउन सकिन्छ । यस्तै विषयमा हालै एक खोज पनि गरिएको छ ।

यो खोजमा सामाजिक सञ्जाल ट्वीटर प्रयोग गर्ने ६६ हजार प्रयोगकर्ता सहभागी थिए । त्यसमा ३१ हजार ३ सय ७ जना पुरुष र ३५ हजार १ सय ९५ महिला थिए ।

सोशल मिडिया खासगरेर ट्वीटर र फेसबुक प्रयोगकर्ता आफ्नो प्रोफाइल फोटो जस्तो प्रकारको हाल्छन् त्यसबाट सबैभन्दा पहिला उनीहरुको व्यवहारबारे पत्ता लाग्छ ।

यदि कुनै प्रयोगकर्ताले आफ्नो प्रोफाइल फोटोमा आफ्नो अनुहार देखाएका छैनन् भने त्यस्ता व्यक्तिलाई खुला बिचार भएको मानिन्छ । यस्ता मानिसहरु धेरैजसो आफ्नो तस्वीर कितावसँग पोस्ट गर्ने गर्छन् । यस्ता मानिसहरुलाई गगल्स लगाएर फोटो खिच्ने र पोस्ट गर्ने शौक हुँदैन ।

अहिलेको समयमा जोसुकै व्यक्ति पनि सामाजिक सञ्जाल प्रयोग गर्छ र गर्न चाहन्छ । तपाईले आफ्नै अकाउन्टबाट पनि धेरैजनाको प्रफाइल फोटो देख्नु भएको होला, धेरै कलरफुल र चम्किलो हुन्छन् । विशेषज्ञहरुका अनुसार यस्ता व्यक्तिहरु इमान्दार हुन्छन् ।

यीनिहरुको प्रोफाइल पिक्चरमा सबैभन्दा बढी भावनात्मक चीज झल्किन्छ । वास्तविक जीवनभन्दा यीनिहरुको प्रोफाइल पिक्चर कोसौं दूर हुन्छ ।

बहिर्मुखी विचार भएका व्यक्तिको बारेमा भन्नुपर्दा यस्ता व्यक्ति प्रोफाइल पिक्चर अपलोड गर्नुपर्दा धेरै कुरामा ध्यान दिँदैनन् । नत आफ्नो कुनै चीजलाई फोटोमा विशेष महत्व दिन्छन् । यस्ता व्यक्तिलाई अरुसँग सेल्फी लिएर प्रोफाइल पिक्चर बनाउन मन पर्छ ।

कोही व्यक्ति यस्ता पनि हुन्छन्, जो हरेक फोटोमा आफूलाई जवान र सुन्दर देखाउन चाहन्छन् । यस्ता व्यक्तिको प्रोफाइल पिक्चर केही अलग हुन्छ ।

फेसबुक प्रोफाइट फोटोले सकरात्मक मात्र हैन नकरात्मक सेन्दश पनि दिन्छ । आफूलाई बढी महत्व दिएर प्रोफाइल पिक्चर राखिएपनि यीनिहरुका स्टाटस नकरात्मक सन्देशले भरिएका हुन्छन् । अरुको आलोचना र अरुप्रति नकरात्मक टिप्पणी गर्नु यस्ता व्यक्तिको मूख्य विशेषता हो ।

salt training

कमेन्ट गर्नुहोस्