०५ साउन २०८३, मंगलबार

प्रतिनिधि सभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

फागुन २२, २०७८
प्रतिनिधि सभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधिसभाको १०औं अधिवेशनको १०औँ बैठक आज (आइतबार) बस्दै छ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि  बैठक बोलाइएको छ।

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आव २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। 

यसैबीच, संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजेसंसद भवनमै बस्दै छ।

salt training

कमेन्ट गर्नुहोस्