१५ असार २०८३, सोमबार

बढ्यो निर्जीवन बीमा प्रिमियम

फागुन २२, २०७८
बढ्यो निर्जीवन बीमा प्रिमियम

सञ्चालनमा  रहेका २० वटा निर्जीवन बीमा कम्पनीले सात महिनाको अवधिमा   झन्डै   २२   अर्ब   रुपियाँ   प्रिमियम सङ्कलन  गरेका  छन् ।  

अघिल्लो  वर्षको  सोही अवधिको तुलनामा २२.१२ प्रतिशतले बढी प्रिमियम सङ्कलन  गर्न  निर्जीवन  बीमा  कम्पनी  सफल भएका छन् ।

चालू   आर्थिक   वर्षको   माघ   महिनासम्म निर्जीवन  बीमा  कम्पनीले  २१  अर्ब  ८१  करोड चार  लाख  रुपियाँ  बराबरको  बीमा  शुल्क  आर्जन गरेका  हुुन् ।

 यी  कम्पनीले  अघिल्लो  वर्षको  सोही अवधिमा  १७  अर्ब  ८६  करोड  रुपियाँ  बराबरको बीमा शुल्क सङ्कलन गरेका थिए । प्रिमियम बढाउन सफल भएका निर्जीवन बीमा कम्पनीको  जारी  बीमालेख  सङ्ख्यामा  भने  कमी आएको  छ ।  

कम्पनीको  जारी  बीमालेख  सङ्ख्या ४.४२ प्रतिशतले घटेर १६ लाख ९५ हजार ७८८ मा झरेको छ ।

२०७७ माघसम्म १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी भएका थिए । निर्जीवन    बीमा    कम्पनीमध्ये    शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै दुुई अर्ब ७६ करोड ५४ लाख ९० हजार रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । गोरखापत्र दैनिकमा भेषराज बेल्बासेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्