२३ असार २०८३, मंगलबार

‘जनताको भरोसालाई टुट्न दिने छैन’

फागुन २२, २०७८
‘जनताको भरोसालाई टुट्न दिने छैन’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायले राजनीतिभन्दा माथि उठेर एकता देखाउनुपर्नेमा जोड दिएका छन् । नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुनेमा जोड दिए ।

“नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा (एमाले)मा, कोही नेकपा (माओवादी केन्द्र)मा, कोही नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन् ।  आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ ।” उनले भने ।

 श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उहाँले त्यहाँ भएका विकृति र विसङ्गति अन्त्य गर्ने अभियानमा लागिपरेको बताए । कार्यक्रममा नेवाः देय दवुका नेताहरु शङ्करनारायण श्रेष्ठ, तारालाल मल्ल र ताराप्रसाद श्रेष्ठलगायतले नेवार समुदायमा एकताको भावना हुनुपर्नेमा जोड दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्