दोस्रो चरणको मतगणना को परिणाम अन्तिम हुँनै लाग्दा एक महानगर र केही उपमहानगरका मतदातले भने आफ्नो उम्मेदवार पाउँन केही दिन कुर्नुपर्ने भएको छ ।

निर्वाचन भएका १, ५ र ७ नम्बर प्रदेशका १ महानगरसहित ७ उपमहानगरमध्ये अब ५ स्थानको नतिजा आउँन बाँकी छ ।
सुनसरीको धरान उपमहानगरपालिकामा विवादका कारण ४८ घण्टादेखि मतगणना रोकिएका बाहेक अन्य पाँच उपमहानगरको मतगणना जारी छ ।
दाङको तुलसीपुर र रुपन्देहीको बुटवल उपमहानगरको अन्तिम मतपरिणाम भोलि बिहानसम्ममा सार्वजनिक हुने अनुमान गरिएको छ ।
तुलसीपुरको १९ मध्ये १६ वडाको मतपरिणाम सार्वजनिक भएको छ । जहाँको मेयर र उपमेयरमा नेकपा एमालेले अग्रता बनाएको छ ।
यस्तै बुटवल उपमहानगरमा पनि एमालेले जित्ने निश्चित जस्तै भएको छ । तीन हजार मत गन्न बाँकी रहँदा कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार भन्दा एमाले मेयरका उम्मेदवारको मत २ हजार बढी छ ।
इटहरी उपमहानगरपालिकामा एमाले अगाडी छ । एमालेले करिब १ हजारले अग्रता लिएको इटहरीको अन्तिम नतिजा आउँन अझै केही दिन लाग्ने छ । त्यस्तै धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लिइरहेको अग्रतालाई नेपाली कांग्रेसले जितेको छ, र आफूले अग्रता लिएको छ ।
धनगढीको नतिजा आउँन पनि केही दिन लाग्ने छ । यसअघि नेपालगञ्ज र घोराही उपमहानगरको नतिजा सार्वजनिक भएको छ । जहाँ क्रमश राप्रपा र एमालेले जितेका छन् ।