२६ जेठ २०८३, मंगलबार

युद्धबिराममै रूसको बमबारी

फागुन २२, २०७८
युद्धबिराममै रूसको बमबारी

रूसले आफ्नै निर्णय लत्याउँदै अस्थायी युद्धविराम गरेका सहरमा पनि बमबारी जारी राखेको छ।

रूसको रक्षा मन्त्रालयले शनिबार मारिओपो र भोल्नोभाखामा युद्धविराम घोषणा गरेको थियो। तर, त्यसको केही समयमै मारिओपोमा रूसको बमबारी जारी रहेको त्यहाँका उपप्रमुखले बताएका छन्।

ती सहरका बासिन्दा बाहिर जाने मौका दिन शनिबार बिहान १० बजेदेखि युद्धविराम गरिएको रूसले जारी गरेको वक्तव्यमा उल्लेख छ। त्यसपछि स्थानीयवासी बाहिर निस्किएका थिए। सोही समय विभिन्न स्थानमा बमबारी भएको युक्रेनका अधिकारीले जनाएका छन्।

रूसको रक्षा मन्त्रालयले भने उक्त घटनाको फरक विवरण प्रस्तुत गरेको छ। युक्रेनी 'राष्ट्रवादीहरूले नागरिकलाई सहर छाड्न नदिएका कारण पुन: बमबारी भएको मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै रूसी रिआ समाचार संस्थाले जनाएको छ । अन्नपूर्ण पोस्टमा यो खबर प्राथमिकताका साथ खबर छापेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्