२९ असार २०८३, सोमबार

मेयर जितेकै भाेलिपल्ट अदालतले भन्यो - काम नगर्नुस्

कात्तिक २०, २०७४
मेयर जितेकै भाेलिपल्ट अदालतले भन्यो - काम नगर्नुस्

बैतडी, २१ असार - दशरथ चन्द नगरपालिका बैतडीमा नेपाली कांग्रेसका तर्फबाट जितेका मेयर नरेन्द्र सिह थापालाई कुनै काम कारवाही नगर्न नगराउन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

नगरपालिकाको मतगणना परिणाम बदर गरि दोहोर्‍याई पुनः पुरै मतगणना गराई पाउँ भनी राप्रपा का मेयर पदका उम्मेदवार पुष्करराज जोशी लख्खाभाइले दिएको उजुरीमाथि उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञ प्रसाद बश्यालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

नेपाली कांग्रेसका थापाले ३ हजार ७ सय ६२ मत ल्याएका थिए । राप्रपाका जोशीले चाहिँ ३ हजार ७ सय मत ल्याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्