२२ जेठ २०८३, शुक्रबार

सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो, एकैदिन २ हजारको वृद्धि

फागुन २२, २०७८
सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो, एकैदिन २ हजारको वृद्धि

सुनचाँदी बजारमा आइतवार छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ९०० पुगेको छ । 

अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुनको मूल्य एकैदिन प्रतितोला दुई हजारले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रवार प्रतितोला ९९ हजार ४०० रूपैयाँ तोकिएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रूपैयाँले बढेर एक हजार ४१५ पुगेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । 

विश्व बजारमा सुनचाँदीको मूल्य बढेअनुसार नै आज नेपालको बजारमूल्यमा प्रभाव परेको महासंघका अध्यक्ष मनिकरत्न शाक्यले बताए । 

salt training

कमेन्ट गर्नुहोस्