सुर्खेत पञ्चपुरी नगरपालिका-७, गैरीगाउँस्थित जंगलको ओडारबाट एक नाल भरुवा बन्दुक शनिवार साँझ प्रहरीले बरामद गरेको छ ।
ओडारमा बन्दुक रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी डाँडाछाप्रेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।