२५ असार २०८३, बिहीबार

महाभियोग सिफारिश समिति बनाउने तयारी, एमालेले नाम नदिँदा संसद बैठक बस्न ढिलाइ

फागुन २२, २०७८
महाभियोग सिफारिश समिति बनाउने तयारी, एमालेले नाम नदिँदा संसद बैठक बस्न ढिलाइ

प्रतिनिधि सभाले आइतवारको बैठकबाट महाभियोग सिफारिश समिति गठनको तयारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई अगाडि बढाउन समिति गठन गर्न लागिएको हो । 

प्रतिनिधि सभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिश समिति गठन गर्नेबारे छलफल भएको थियो । 

११ सदस्यीय महाभियोग सिफारिश समितिमा नेकपा एमालेबाट ४, कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई /दुई तथा नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट एक–एक सदस्य रहने संसद सचिवालयका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

अहिलेसम्म कांग्रेस, माओवादी, जसपा र लोसपाले समितिमा रहने सदस्यको नाम दिएका छन् । एमालेको नाम आए सभामुख अग्नि सापकोटाले सिफारिश समिति गठनको निर्णय सुनाउने छन् । 

चोलेन्द्रविरुद्ध फागुन १ गते ९८ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्