
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका सांसद मोहन बानियाँको पद निलम्बनमा परेको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ पक्राउसम्बन्धी जिल्ला प्रहरी कार्यालय बाँकेको पत्र पढेर सुनाएका हुन् ।
फौजदारी अभियोगमा पक्राउ परेको सूचना सभामुखले सदनमा पढेर सुनाएसँगै सांसदको पद स्वतः निलम्बनमा पर्छ ।
जबरजस्ती करणीको आरोपमा प्रहरीले मुगुका सांसद बानियाँलाई फागुन १६ गते नेपालगञ्जबाट नियन्त्रणमा लिएको थियो ।
बानियाँ निलम्बनमा परेसँगै निलम्बनमा पर्ने सांसदको संख्या ५ पुगेको छ ।
यसअघि कांग्रेसका विजय गच्छदार र आफताब आलम तथा जसपाका हरिनारायण रौनियार र रेशम चौधरी निलम्बित छन् ।