२६ जेठ २०८३, मंगलबार

ठूलो मात्रामा रकम विदेशिएपछि राष्ट्र बैंकले घटाइदियो सुन आयातको कोटा

फागुन २२, २०७८
ठूलो मात्रामा रकम विदेशिएपछि राष्ट्र बैंकले घटाइदियो सुन आयातको कोटा

सुन आयातमा ठूलो मात्रामा रकम विदेशिन थालेपछि नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाइदिएको छ ।

केन्द्रीय बैंकले आइतवार सूचना जारी गरेर बैंकहरूले आयात गर्न पाउने सुनको कोटा दैनिक १० किलोग्राममा सीमित गरिदिएको हो । 

यसअघि दैनिक २० किलो दैनिक आयात गर्न सकिने व्यवस्था थियो । अब १० किलो मात्र आयात गर्न सकिने भएको छ । 

नेपालमा बैंकहरूले सुन आयात गरेर बजारमा उपलब्ध गराउँछन् । नेपाल बैकर्स एसोसिएशनले सुन आयात गर्न बैंकहरूलाई पालो तोक्ने गरेको छ । 

राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले सूचना जारी गरेर सुन आयातको सीमा ५० प्रतिशत घटाएको बताएका छन् । 

गत वर्षको चैतमा सुनको माग धेरै भएको भन्दै सुन आयातको कोटा बढाएर २० किलो पुर्‍याइएको थियो । राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चितिमा निरन्तर दबाब परेपछि सुन आयातलाई राष्ट्र बैंकले कम गर्ने नीति लिएको छ ।

तर, व्यवसायीहरूले भने २० किलो आयात हुँदा पनि बजार माग धान्न कठिन हुने गरेको बताउँदै आएका थिए ।

विवाह र चाडपर्वको सिजनमा नेपालमा सुनको धेरै माग हुने गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्