काठमाडौं, २१ असार– दोस्रो चरणमा निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा ३ सय ३४ स्थानीय निकायको मतगणानाको मतपरिणाम आउने क्रम छ ।

पछिल्लो मत परिणाम अनुसार अहिलेसम्म प्राप्त परिणाममा नेकपा एमालेले जीत निकालेको छ उसले १३६ स्थानमा जीतेको छ भने नेपाली कांग्रेसले ११७ स्थानमा जीतेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३६ स्थानमा जीत निकालेको छ ।
मतगणना जारी रहेको स्थानीय तहहरुमा पनि एमालेले अग्रता बनाएको छ । एमालेले १६ स्थानीय तहमा अग्रता बनाएको छ भने नेपाली कांग्रेसले ४ र माओवादी केन्द्रले २ स्थानीय तहमा अग्रता कायम राखेको छ ।
एमालेले सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाकामा अग्रता बनाएको छ ।
त्यस्तै झपामा मतगणना जारी रहेका दमक नगरपालिका, मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिकामा अग्रता बनाएको छ ।
त्यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका तथा धनपालथान गाउँपालिकामा एमालेले अग्रता कायम राखेको छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमालेको अग्रता रहेको छ भने रुपन्देहीको बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर नगरपालिकामा एमालेले अग्रता बनाएको छ ।
त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका , कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमालेले अग्रता बनाएको छ ।
नेपाली कांग्रेसले मोरङको विराटनगर महानगरपालिका कञ्चनपुरको भीमदत्त नगरपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र उदयपुरको वेलका नगरपालिकामा अग्रता बनाएको छ ।
माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिका र कञ्चनपुरको बेलौरी नगरपालिकामा अग्रता बनाएको छ ।
त्यस्तै रुपन्देहीको कोटहीमाई गाउँपालिकामा संघीयसमाजवादी फोरमले अग्रता बनाएको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका मनमोहन चौधरीले अग्रता लिएका छन् ।