२१ जेठ २०८३, बिहीबार

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ- गच्छदार

फागुन २२, २०७८
गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ- गच्छदार
फाइल तस्वीर।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । 

विराटनगर विमानस्थलमा आइतवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यक्ता भएको प्रष्ट पारे । 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गठबन्धन दलहरूको सुझबुझअनुसार मुलुक ठूलो दुर्घटनाबाट जोगाउन साथै एमसीसी संसदबाट पास गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । 

उनले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्माणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिए । 

नेता गच्छदारले एमसीसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरूले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पुर्‍याएको धारणा व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्