
इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ ।
आइतवार राति भएको डर्बी खेलमा सिटीले म्यानचेस्टर युनाईटेडलाई ४-१ गोल अन्तरले हराएको हो ।
जितसँगै सिटीले २८ खेलमा ६९ अंक जोडेको छ । सिटी दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकले अघि रहेको छ ।
युनाईटेड ४७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।