२९ जेठ २०८३, शुक्रबार

नारायणगढ–गोन्द्राङ सडक कालोपत्रेको तयारी

फागुन २३, २०७८
नारायणगढ–गोन्द्राङ सडक कालोपत्रेको तयारी
सांकेतिक तस्वीर

निर्माणाधीन नारायणगढ–गोन्द्राङ छ लेनको सडकअन्तर्गत  चार  किलोमिटर  सडकखण्ड कालोपत्रे गर्नेे तयारी भएको छ ।

दुई  लेनको  पूर्वपश्चिम  राजमार्ग  बजार क्षेत्रमा  छ  लेनमा  विस्तार  भइरहेको  छ ।  

१६ महिना  अगाडिबाट  सुरु  भएको  नारायणगढको पुलचोक गोन्द्राङ छ किलोमिटर लामो सडकमा मुआब्जा विवाद, विद्युत् पोल हटाउनेलगायतका समस्याले  गर्दा  काममा  ढिलाइ  भएको  हो ।

अहिले  एक  स्थानमा  बाहेक  अन्यत्र  समस्या नभएपछि कामले गति लिएको डिभिजन सडक कार्यालय  भरतपुरका  सूचना  अधिकारी  शिव खनालले जानकारी दिए । भरतपुर विमानस्थलअगाडि रहेको एक स्थानमा  मुआब्जा  विवादले  मुद्दा  सर्वोच्च अदालतमा  पुगेको  छ ।

 त्यो  छिट्टै  फैसला हुने  क्रममा  रहेकाले  अब  काममा  कुनै अवरोध नहुने जानकारी खनालले दिए । गत वर्ष कात्तिक ११ बाट काम सुरु भएको यो  सडकमा  अहिले  पूर्वतर्फ  गोन्द्राङबाट कालोपत्रेका  लागि  तयारी  गर्न  थालिएको छ ।  

डिभिजन  सडक  कार्यालयका  अनुसार नाली निर्माण, फुटपाथ, स्थानीय साधन गुड्ने सडक  निर्माणको  काम  अन्तिम  चरणमा पुगेको  छ ।  कलभर्ट  निर्माण  सकिएको  छ ।

“गोन्द्राङदेखि  चौबीसकोठी  चार  किलोमिटर क्षेत्र यसै आर्थिक वर्षको असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य लिएका छौँ”, सूचना अधिकारी खनालले जानकारी दिए ।

एक अर्ब १२ करोड रुपियाँको लागतमा निर्माणाधीन  सडकको  बीच  भागमा  हरियाली बनाइने  भएको  छ ।  “पाँच  मिटरको  हरियाली बनाउन  संरचना  निर्माण  गरिन्छ,”  खनालले भने, “दायाँबायाँ साढे नौ मिटरको सडक बन्ने छ । मुख्य राजमार्गबाहेक दुवैतर्फ स्थानीय रुटका गाडी चल्नका लागि साढे पाँच मिटरको सडक निर्माण गरिन्छ । ” गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्