
माओवादी केन्द्रको केन्द्रीय कमिटीको आजको बैठक शुरू भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा केन्द्रीय कमिटीको बैठक शुरू भएको हो ।
गत शुक्रवार राष्ट्रिय सभागृहमा बसेको बैठक आइतवार बस्ने गरी स्थगित भएको थियो । तर, आइतवारको बैठक आजको लागि सारिएको थियो ।
माओवादी केन्द्रले एमसीसीमाथिको छलफल, केन्द्रीय सदस्य थप र पोलिटब्युरो, स्थायी कमिटी साथै पदाधिकारी चयनलगायतको एजेण्डा तय गरेको थियो ।
मुख्य गरी पदाधिकारी चयनमा नेताहरूको कुरा नमिल्दा बैठक स्थगित हुँदै आएको थियो । आजको बैठकबाट पनि माओवादी केन्द्रको पदाधिकारी टुंगो नलाग्ने भएको छ ।
माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि मात्रै यी विषयमा छलफल गर्ने गरी केन्द्रीय कमिटीको बैठक आज सम्पन्न गर्न लागेको नेताहरूले बताएका छन् ।