०७ असार २०८३, आइतबार

हुन्डाईको नयाँ शोरुम भक्तपुरको ‘राधे राधेमा’

फागुन २३, २०७८
हुन्डाईको नयाँ शोरुम भक्तपुरको ‘राधे राधेमा’

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रालिले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको राधे राधेमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरमा खुलेको नयाँ शोरुमसहित देशभर हुन्डाईको शोरुमको संख्या १५ पुगेको छ । 

कम्पनीले संचालनमा ल्याएका सबै ‘स्टेट अफ द आर्ट’ शोरुमबाट ग्राहकले गाडी किन्दा नयाँ एक्सपेरियन्स गर्न सक्ने बताइएको  छ । भक्तपुरको राधे राधेमा संचालनमा आएको नयाँ शोरुममा हुन्डाई मोटर्सले उत्पादन गरेको आधुनिक गाडीहरू शोकेस गरिएको छ ।

‘भक्तपुर र आसपासका क्षेत्रमा रहेका ग्राहकहरुलाई लक्षित गरी संचालनमा ल्याएको यस शोरुममा सेल्स, सर्भिस र स्पेयर्सपाट्स सहितको थ्रीएस सेवा उपलब्ध छ,' कम्पनीले भनेको छ । 

अन्य शोरुममा जस्तै कम्पनीले उक्त शोरुममा लगनशील, दक्ष र अनुभवी कर्मचारीहरूले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिने र यसबाट ग्राहकले सबै किसिमका आवस्यक सेवा छरितो र सहज तरिकाले लिन सक्ने कम्पनीले जनाएको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपालभरमा १५ वटा शोरुम तथा १९ वटा सर्भिस स्टेसन छ । 'हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोबाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालीटी तथा आकर्षक डिजाइनका गाडीहरू उत्पादन गर्दै आएको छ,' कम्पनीले दाबी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्