
एनएमबी बैंकले मोरङको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा भएको विस्तारित काउन्टरको उद्घाटन कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरे, एनएमबी बैंक लि.का प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतको उपस्थिति थियो ।
कार्यक्रम एनएमबी बैंक लि. प्रदेश नं. १ का प्रमुख उत्सव घिमिरेको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा बेलबारी नगरपालिका–३ अध्यक्ष योगेन्द्र सुवेदी, एनएमबी बैंकका प्रमुख व्यवसाय अधिकृत गोविन्द घिमिरे, मालपोत कार्यालय बेलबारी विस्तारित काउण्टरका प्रमुख भानुभक्त न्यौपाने, भूमि सुधार तथा मालपोत कार्यालय विराटनगरका प्रमुख लोकबहादुर भण्डारी, लेखापढी व्यवसायी एसोसिएसन बेलबारी अध्यक्ष गोविन्द फुयालको पनि उपस्थिति थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सरकार–नीजी क्षेत्रको सहकार्य अन्तर्गतको यो प्रक्रियामा मालपोत कार्यलयले बैंकलाई विश्वास गरी सेवा प्रदान गर्न अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । उनले मालपोत कार्यालय बेलबारीमा नगदरहित सेवा लिन हुन सेवाग्राहीलाई आग्रह पनि गरे ।
‘एनएमबी बैंकले दी फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बैंकले यस लगायत हाल देशभर १० एक्सटेन्सन काउन्टर, २०१ शाखा र १३९ एटीएमहरूमार्फत सेवा दिँदै आएको छ ।