
रुस–युक्रेन युद्ध चलिरहेका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीसँग आधा घण्टा बढी टेलिफोन वार्ता गरेका छन् ।
मोदीले युद्धबीच रुस र युक्रेन दुवै देशले छलफल गरिराख्नु सुखद भएको बताएका छन् । मोदीले युद्धबाट भन्दा वार्ताबाटै समाधान खोज्न समेत सुझाव दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय नागरिकलाई युक्रेनबाट उद्धार गर्न सघाएकोमा मोदीले जेलेन्स्कीलाई धन्यवाद दिएका छन् । अन्य नागरिकको उद्धारमा समेत युक्रेनले सहयोग गर्ने अपेक्षा मोदीले गरेका छन् ।
मोदीले सोमवारै रुसका राष्ट्रपति भ्यादीमीर पुटिनसँग पनि कुराकानी गर्ने भएका छन् । युक्रेनमा भारतीय नागरिकहरू फसेका बेला मोदीले दुवै देशसँग वार्ता गरिरहेका छन् ।